४ आश्विन २०८१, शुक्रबार

प्रहरीलाई हतियार होइन प्रविधि चाहिएको छ: सांसद सिलवाल

प्रकाशित मिति :  11 July, 2022 12:10 pm


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाएका छन् ।

नेपाल प्रहरीलाई आज हतियात चाहिने अवस्था छैन्, प्रहरीका अधिकारी कसैंलाई खबर छैन् उनले भने, नेपाल प्रहरीलाई अहिले ब्यारेक चाहिएको छ, प्रविधी चाहिएको छ । अहिले डिजिटल र अर्गनाइज क्राइम बढेको बताउदै उनले प्रहरीलाई प्रविधी योग्य र अनुसन्धानमा योग्य बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !