४ आश्विन २०८१, शुक्रबार

११ महिनामा भित्रीयो नौ खर्ब बढि विप्रेषण, तीन लाख बढिले लिए श्रम स्वीकृति

प्रकाशित मिति :  11 July, 2022 5:55 pm


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा नौ खर्ब चार अर्ब बढि विप्रेषण भित्रीएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो विप्रेषण ३.८ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्ताे आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

गत वर्षको तुलनामा यस वषै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१
प्रतिशतले घटेको थियो ।



प्रतिक्रिया दिनुहोस !