४ आश्विन २०८१, शुक्रबार

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा: अधिकृत पुँजी ३ अर्ब कायम गरिने, ९.५ प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति :  13 July, 2022 6:57 pm


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीका सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।

त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, चुक्ता पुँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार सञ्चालक पदमा विश्व राज रेग्मी, श्री मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !