नागार्जुनमा मध्यरातमा चितुवाको आक्रमण, पाँच जना घाइते
प्रकाशित मिति : 14 July, 2022 7:20 am
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाइते भएका छन् ।
गएराती हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
आक्रमणबाट घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । चितुवाले पाँचै जनाको शरिरका विभिन्न अंगमा चिथोरेको छ।