४ आश्विन २०८१, शुक्रबार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति :  27 March, 2020 5:27 pm


British Prime Minister Boris Johnson leaves 10 Downing Street for PMQs at the House of Commons on 25 March, 2020 in London, England. The month-long parliamentary Easter recess begins today as the UK is under lockdown imposed to slow down the spread of the Coronavirus. (Photo by WIktor Szymanowicz/NurPhoto via Getty Images)

एजेन्सी, १४ चैत ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । परीक्षणका क्रममा प्रधानमन्त्री बोरिसलाई कोरोना भाइरसको संक्रमण भएको भेटिको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री बोरिस अब सरकारी कार्यालय डाउनिंग स्ट्रीटमै आइशोलेसनमा रहने छन् ।

बोरिसमा हल्का लक्षण देखिएको छ । बीबीसीका अनुसार मुख्य चिकित्सा अधिकारी,प्रोफेसर क्रिस व्हिट्टीको व्यक्तिगत सल्लाहमा प्रधानमन्त्री बोरिसले कोरोना भाइरसको परीक्षण गराएका थिए । परीक्षणका क्रममा संक्रमण देखिएको हो ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । उनले भनेका छन्,‘पछिल्लो २४ घण्टामा मलाई हल्का लक्षण विकसित भएका महसुस गरेको थिएँ र परीक्षण गर्दा संक्रमण देखिएको छ । म अहिले सेल्फ आइसोलेशनमा छुँ तर भीडियो कन्फ्रेन्सको माध्यमबाट जानकारी लिएर सरकारको नेतृत्व जारी राख्नेछु किन कि हामी यो भाइरससँग लड्नु छ । ’



प्रतिक्रिया दिनुहोस !