सरकारले सवारी आयातमा लगाएको प्रतिबन्ध सकिन दुई दिन बाकीँ, खुल्ला त आयात ?
काठमाडौं । सरकारले २०७९ वैशाख १६ गते आयात कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्र सामाग्राीको आयातमा रोक लगाएको थियो ।
ती मध्ये २५० सिसीभन्दा बढीका सबै प्रकारका कार, जीप, र भ्यान आयातमा रोक लागएको हो । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै बिलासी बस्तुसहित गाडी आयातमा सरकारले प्रतिबन्ध लगाएको हो । सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुन अब दुई दिनकाे समयसीमा बाकीँ रहेको छ । यस विषयमा सरकार सकरात्मक रहेको नाडा अध्यक्ष धुव्र थापाले बताए ।
“सरकारले असार मसान्तसम्म लगाएको प्रतिबन्धको समय सीमा सकिन लगाएको छ । हामीले प्रधानमन्त्रीदेखि तत्कालीन अर्थमन्त्री, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीलाई आयात खुलाउन माग राख्दै आइरहेका छौ,’’ अध्यक्ष थापाले भने, “केही समय धैर्य भएर बस्न भन्नुहुन्छ, धैर्यताको बाँध कति समय थेग्ने ।’’
सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण, अटो व्यवासायहरुको व्यापार धरापमा परेको र उनीहरुले शोरुम नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको थापा बताउछन् ।