४ आश्विन २०८१, शुक्रबार

जब रामले आमालाई आक्रमण गरिरहेको चितुवालाई खुट्टामा समातेर फालिदिए

प्रकाशित मिति :  14 July, 2022 1:58 pm


अस्मिता धिताल-

काठमाडौँ। गएराती नागार्जुन नगरपालिकार ८ स्थित भिमढुङ्गा दर्शनखोलामा पञ्चकुमार भट्टराईका गोठमा चितुवाले आक्रमण गर्याे । घरदेखि ५० मिटर दुरीमा रहेको गोठमा कुखुरा कुर्न पञ्चकुमारका छोरा राम त्यहीँ सुतेका थिए ।

राति साढे एक बजेको समयमा गोठमा जनावर आएजस्तो आवाज आएपछि रामका आँखा खुले । नजिकैको घरमा रहेका बुबाआमालाई गोठमा केहि आएको जानकारी गराए । घरबाट उनका हजुरआमा, बुबा र आमा आएपछि सबैजना गाेठमा गए । गोठमा पुग्दा चितुवा पसको देखे । गोठ सानो भएकाले भाग्ने ठाउँ नपाएपछि चितुवाले घरका चारै सदस्यलाई आक्रमण गर्याे ।

उनका छिमेकी अस्मिता भट्टराईका अनुसार चितुवाले घरका सबै सदस्यलाई शरिरको विभिन्न भागमा चिथोरेर घाँउ बनाएको छ । रामकी आमालाई चितुवाले धेरै बेर नै आक्रमण गरे पछि रामले चितुवाको पछाडि खुट्टामा समातेर बाहिर फालिदिएर छिमेकिलाई खबर गरेका थिए ।

नजिकैका छिमेकी सुविन कार्कीले घटनास्थल पुग्दा सबै परिवारलाई घाइते अवस्थामा रगताम्य भएको देखेपछि उनी फेन्ट भई पल्टिए । स्थानियका अनुसार सुविनको टाउकोमा चोट समेत लागेको छ । उनले घटना स्थलमा नै प्राथमिक उपचार गरि मनमोहन अस्पतालमा थप उपचारका लागि लगिएको र हाल उपचार भईरहेको स्थानिय अस्मिताले बताइन् ।

चितुवाको आक्रमणबाट घाइते भएका रामलाई डिस्चार्ज गरि घर पठाइएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस क्षेत्रको सुरक्षाका लागि केहि समयका लागि नेपाली सेनाले प्रत्यक्ष उपस्थित भई सुरक्षा गर्ने समेत जानकारी दिएको छ । आक्रमण भएको क्षेत्र शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज भित्रको क्षेत्र भित्र पर्ने भएका कारण पनि स्थानियवासीमा त्रास पैदा भएको बताउछन्।



प्रतिक्रिया दिनुहोस !