३ आश्विन २०८१, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य घर्तीमगरलाई मातृशोक

प्रकाशित मिति :  27 March, 2020 6:49 pm


रोल्पा, १४ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तारा घर्तीमगरलाई मातृशोक परेको छ ।
उनकी आमा शर्मा घर्तीमगरको बिहीबार ८५ वर्षको उमेरमा निधन भएको हो । परिवर्तन गाउँपालिका वडा नं. २ भनभनेस्थित आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

ताराकी पति कुलप्रसाद के.सी. नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानूनमन्त्री छन् ।
नेकपाको रोल्पा जिल्ला कमिटीले शुक्रबार वक्तव्य जारी गरेर शर्माको निधनमा शोक व्यक्त गरेको छ ।

नेकपाले भनेको छ,‘ हाम्रो पार्टीको एक कुशल अविभावक गुमाएको महसुस गर्दै यस दुःखद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस !