कार्लोसलाइ ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड
काठमाडौं । विम्बल्डन २०२२ मा ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड कार्लोस अल्कार ले हासिल गरेको छ ।
आज अनावरण गरिएको ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारको विजेता टेनिस खेलाडी कार्लोस अल्काराज बनेका हुन । द अल इङ्गल्याण्ड लङ टेनिस क्लब र ओप्पो लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनरले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यता दिएको थियो ।
टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडी मध्ये एकको रूपमा सम्मानित, १९–वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकल उपाधि जितेका छन् । ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिङ्गका प्रमुख विलियम लिउले भने, “ईन्सिपिरेसन अहेड को अर्थ हो हामी अगाडि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु । यसले हामीलाई अप्ठ्याराहरुलाई बहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहन प्रोत्साहन दिन्छ । खेलकुदहरुमा सहभागी हुनु ओप्पोको लागि पारस्परिक रूपमा प्रेरणादायी भावना व्यक्त गर्न टेक्नोलोजीको नवीन अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरू समक्ष पु¥याउन एक उत्तम माध्यम बनेको छ ।’’
विम्बल्डनका प्रसारण संवाददाताहरूको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारहरूबाट छनोट भएका थिए । ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जाननिक सिन्नर, तातजाना मारिया र हार्मोनी ट्यान थिए । विश्वभरका फ्यानहरूसँग ८ जुलाईमा मतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदान गर्ने अधिकार थियो ।