४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली उपचारपछि डिस्चार्ज

प्रकाशित मिति :  27 March, 2020 7:02 pm


काठमाण्डौं, १४ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि डिस्चार्ज भएका छन् ।
मुटुको धडकन बढेपछि गएराति प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर महाराजगंजमा आकस्मिक उपचारका लागि भर्ना भएका थिए ।

पूर्ण स्वास्थ्यलाभ हासिल गरेर प्रधानमन्त्री डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भनेका का छन्,‘उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।’

प्रधानमन्त्री ओली बिहिबार राति साढे ११ बजेतिर मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !