१० मंसिर २०८१, सोमबार

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्याउनु पर्ने

प्रकाशित मिति :  17 July, 2022 7:42 am


काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकामा कुहिने र नकुहिने फोहर छुट्टाछुटै संकलन गरिने भएको छ । महानगरले फोहर संकलन कार्यलाई वर्गीकरण गरी कुहिने फोहर र नकुहिने फोहरलाई छुट्टै छुट्टैसंकलन गर्ने भएको हो ।

महानगरले २ दिन कुहिने फोहर संकलन गर्ने र २ दिन नकुहिने फोहर संकलन गर्ने जनाएको छ । आजदेखि लागु हुने गरी काठमाडौं महानगरमा कुहिने फोहर आइतबार र बुधबार संकलन गरिने छ भने नकुहिने फोहर सोमबार र शुक्रबार सङ्कलन तथा व्यवस्थापन गरिने भएको छ ।

कुहिने फोहर संकलनका गर्ने दिन कुहिने फोहरमात्र सवारी साधनमा दिन र नकुहिने संकलन गर्ने आउने दिन नकुहिने फोहरमात्रै दिन महानगरले अनुरोध गरेको छ ।

महानगरले सकेसम्म कुहिने फोहोरलाई कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने फोहरलाई पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !