९ मंसिर २०८१, आइतबार

लुम्बिनी प्रादेशिक अस्पताल,राप्ती प्रादेशिक अस्पतालमा ओपिडी,इमर्जेन्सी टिकट तथा बेड निःशुल्क

प्रकाशित मिति :  17 July, 2022 8:12 am


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले जानकारी दिए ।

“लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ्ग सेवा र जनरल बेड सेवा निशुल्क हुने छ,”उनले भने । ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ ।

यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत पनि निस्शुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले वजेटमा निशुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।



प्रतिक्रिया दिनुहोस !