४ आश्विन २०८१, शुक्रबार

यि हुन् सरकारले आयात प्रतिबन्ध गरेका वस्तुहरु

प्रकाशित मिति :  17 July, 2022 11:45 am


काठमाडौं । सरकारले साउन १ गते देखि लागू हुने गरि १० प्रकारका सामाग्रीहरु आयात गर्न रोक लगाएको छ । २०७९ वैशाख १६ गते आयात कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्र सामाग्राीको आयातमा रोक लगाएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।

यसअघि सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । तर साउन १ बाट लागू हुने गरी १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलर ३८ हजार ४ सय रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन पनि आयात गर्न पाइनेछैन ।

देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो ।

यी हुन सरकारले प्रतिबन्ध गरेका वस्तुहरु

१. कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. एक सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास



प्रतिक्रिया दिनुहोस !