१२ मंसिर २०८१, बुधबार

आफ्नै उम्मेदवार हराउन लागि परेको भन्दै गल्याङका निर्वतमान नगरप्रमुख अधिकारीलाई कारबाही

प्रकाशित मिति :  17 July, 2022 1:30 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा आफूले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेको भन्दै गल्याङ्का निर्वतमान नगरप्रमुख भूपराज अधिकारीलाई नेपाल कम्युनिष्ट पाटी (एमाले) स्याङ्जाले कारबाही गरेको छ ।

एमालेको स्याङ्जा जिल्लाका पार्टी अध्यक्ष समेत रहेका सूर्य प्रसाद गैरे र नेपाली काङ्ग्रेसमा रहेका गुरुप्रसाद भट्टराई बीच प्रतिस्पर्धा हुँदा नेपाली कांग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले नगर प्रमुखमा बिजय प्राप्त गरेका थिए ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका अधिकारीले चुनावमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको विभिन्न प्रमाणहरु फेला पारेपछि पटकपटक स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा अधिकारीले जवाफ नदिएपछि अधिकारीलाई ६ महिनाको लागि पार्टीका सबै जिम्मेवारबाट निलम्बन गरिएको पार्टी अध्यक्ष गैरेले जानकारी दिए ।

यस अघिको स्थानीय निर्वाचनमा करिब २८ सय मतको अन्तरमा बिजय प्राप्त गरेका अधिकारीले अहिले आफुले टिकट नपाएपछि आफ्नै उम्मेदवार हराउन लागि परेको चर्चा चुनावकै समयमा चलेको थियो ।

पार्टीले गरेको निर्णयमा नेकपा एमालेका सदस्यहरु देखि पार्टी निकट विद्यार्थी संगठनले उक्त निर्णय फिर्ता लिन चेतवानी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !