१० मंसिर २०८१, सोमबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  18 July, 2022 8:46 am


काठमाडौं । हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वमानुमान महाशाखाका जनाएकाे छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !