४ आश्विन २०८१, शुक्रबार

कोरोना भाइरसका चौथो संक्रमित व्यक्ति दुबइबाट आएका थिए

प्रकाशित मिति :  27 March, 2020 9:13 pm


नयाँ संक्रमित व्यक्तिबारे जानकारी गराउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा

काठमाडाैं, १४ चैत ।

कोरोना भाइरस कोभिड-१९ का नयाँ विरामी दुबइबाट आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमित चौथो व्यक्ति दुबइबाट आएको खुलेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने,‘ जुन व्यक्ति संक्रमित हुनुहुन्छ उहाँ दुबईबाट आएको खुलेको छ र उहाँको बारेमा विस्तृत जानकारी संकलन गर्दै छौं र प्राप्त हुने वित्तिकै सबै समयमै यहाँहरुलाई उपलब्ध गराउने छौं ।’

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका ३४ बर्षिय पुरुषमा आज कोरोना भाइरस संक्रमण भेटिएको हो । उनी चैत ११ गते अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जन प्रयोगशालामा नमुना परीक्षण गर्दा पोजेटिभ भेटिएको हो । यसअघि ३ जनामा संक्रमण भेटिएको मध्य एक जना उपचारपछि घर पर्किसकेका छन् । संक्रमित ४ जनानै विदेशबाट आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !