सवारी आवागमनलाई सुरक्षित, मर्यादित र प्रविधियुक्त बनाउछौं: महाशाखा प्रवक्ता शर्मा
काठमाडौं । सवारी साधान दुर्घटना न्युनिकरण गर्न आफूहरु दिनरात खटिएको ट्राफिक प्रहरी कार्यलय महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए । महानगरीय टाफ्रिक प्रहरी कार्यलयले सवारी दुर्घटना न्युनिकरण गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी शर्माले काठमाडौंमा बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्न विभिन्र स्थानहरुमा सचेतना कार्यक्रम दिदैँ आएको बताएका छन् ।
शर्माका अनुसार काठमाण्डौ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन बनाउने योजना रहेको बताए ।
उनले भने, “काठमाडौँको मुख्य समस्या भनेको पार्किङ्ग व्यवस्थापन हो । काठमाडौंमा अधिकांश अन्डर गा्रउन्ड पार्किङ्ग डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदनी वितरण, गोदाम जस्ता प्रयोजनको लागी प्रयोग भएको छ । सो हटाउन र पार्किङ्ग व्यवस्थित गर्न सम्वन्धित निकायसँग समन्वय भईरहेको छ ।’’
“काठमाडौंका अधिकांश नगरिकहरुको प्रहरीको आचरण र व्यवहार तथा अनुशासन माथि प्रश्न उठाएपछि हामीले ट्राफिकको व्यवहार सुधार गर्न दैनिक रुपमा ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार तथा अनुशासन सम्बन्धी कक्षा संचालन गरिरहेको छौं ।’’ शर्माले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक वर्षमा पाँच लाख चारहजार सवारीसाधनलाई कारबाही गरेको छ भने ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
काठमाडौंमा हर्न निषेधलाई थप कडाइ गर्ने र भविष्यमा अझ प्रभावकारी बनाउनतर्फ ट्राफिक प्रहरी तत्पर रहेको महाशाखाले जनाएको छ ।