२४ घण्टामा ४५७ जनामा संक्रमण देखियो, १ जनाको मृत्यु
प्रकाशित मिति : 18 July, 2022 4:49 pm
काठमाडौं । पछिल्लो केही दिनदेखि नेपालमा पनि कारोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ४५७ जनामा संक्रमण भेटिएको छ ।
देशभरका विभन्न प्रयोयशालामा भएको ४ हजार ६५१ परीक्षणमा पीसीआर विधिबाट ३८६ तथा एन्टीजेन विधिबाट ७१ जना गरी थप ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस अवधिमा थप ४८ जना संक्रमणमुक्त भएका छन् । हाल १ हजार ७७६ जना सक्रिय संक्रमितको रहेका छन् ।