१० मंसिर २०८१, सोमबार

आर्दश लघुवित्तको सेयर आज पनि कारोबार नहुने

प्रकाशित मिति :  19 July, 2022 1:30 pm


काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज दोस्रो बजारमा कारोबार नहुने भएको छ । स्पेसल प्रि–ओपन सेसनमा सेयर किनबेच नहुँदा संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा मंगलबार कारोबारमा नआउने भएको हो ।

यो लघुवित्तको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जमा यो लघुवित्त सेयर किनबेच नहुँदा नियमित समयका लागि कारोबारमा आउन नसकेको हो।

नेप्सेमा आदर्श लघुवित्तको कुल २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १ लाख ४० हजार कित्ता र सर्वसाधारणको ६७ हजार कित्ता रहेको छ।

यो लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम १२२.८८ रुपैयाँदेखि अधिकतममा ३६८.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।

यो लघुवित्तको सेयर स्पेसल प्रि–ओपन सेसनमा किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।



प्रतिक्रिया दिनुहोस !