१० मंसिर २०८१, सोमबार

भेटवार्तापछि प्रचण्डले भने : बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ

प्रकाशित मिति :  19 July, 2022 3:31 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सत्ता गठबन्धनमै रहेको बताएका छन् ।

उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार करिब एक घण्टा भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भट्टराई सत्तारुढ गठबन्धनबाट अलग नभएको बताए ।
प्रचण्डले भने ‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ, जसपाबाट अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ ।’

जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ ।



प्रतिक्रिया दिनुहोस !