१० मंसिर २०८१, सोमबार

राप्रपाका चार नेताले पार्टी छाडे

प्रकाशित मिति :  19 July, 2022 5:19 pm


काठमाडौं । राप्रपाका चार नेताले पार्टी छाडेका छन्। मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेको बताएका हुन् ।

राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था रहेन,आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएका छौं ।

उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई पार्टी हित विपरीत गतिविधि जारी राखेको, अनधिकृत वार्ता समिति बनाएको लगायतका आरोपमा २४ घन्टे स्पष्टीकरण सोधेको थियो।



प्रतिक्रिया दिनुहोस !