१० मंसिर २०८१, सोमबार

धनकुटामा घरेलु रक्सी चाखेर कार्यक्रमको उद्घाटन

प्रकाशित मिति :  19 July, 2022 5:26 pm


काठमाडौं । धनकुटामा घरेलु रक्सी चाखेर एक कार्यक्रमको उद्घाटन गरिएको छ । परम्परागत घरेलु रक्सी प्रवद्धन समिती प्रदेश न १ ले आयोजना गरेको जिल्ला समिती भेला तथा समिती गठन कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले कोदोबाट बनेको घरेलु मदिरा चाखेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

कार्यक्रका वक्ताहरुले कोदोबाट बनेको रक्सीलाई ब्राण्ड बनाएर बिक्रि वितरण गर्नका लागि अहिले रहेका विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्न माग समेत गरेका थिए ।

त्यसैगरि प्रदेश १ की सांसद।पूर्वमन्त्री उषाकला राईले आर्थिक उपर्जनका लागि लोकल रक्सीलाई प्रथामिकता दिनुपर्छ भनेर विगत केही वर्ष अघिदेखि कानुनी मान्यता दिनुपर्ने अभियान चलाएकी छन् ।



प्रतिक्रिया दिनुहोस !