९ मंसिर २०८१, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  20 July, 2022 7:52 am


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ ।

सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । रुघा लागेको र ज्वरो पनि आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !