श्रीलंकामा आज नयाँ राष्ट्रपतिका लागि निर्वाचन
प्रकाशित मिति : 20 July, 2022 8:28 am
काठमाडौं । श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुने भएको छ ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । आज हुँने विर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेको छन्
अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षे माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।
श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।