नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा यादव र विश्वकर्मा नियुक्त
प्रकाशित मिति : 20 July, 2022 12:42 pm
काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।