१० मंसिर २०८१, सोमबार

चिट लुकाएको भन्दै छात्रामाथी दुर्व्यवार, आक्रोषित विद्यार्थीद्वारा हेटौडा क्याम्पस तोडफोड

प्रकाशित मिति :  20 July, 2022 1:34 pm


काठमाडौं । विद्यार्थीलाई दुव्र्यवहार गरेको भन्दै हेटौडा क्याम्पसमा तोडफोड भएको छ । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भनेर विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । चिट लुकाएको भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको भनेपछि बुधबार विद्यार्थीले तोडफोड गरेका हुन् । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले घटनाबारे आफूहरूको ध्यानाकर्षण भएको बताउँदै अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !