१० मंसिर २०८१, सोमबार

विदेश भ्रमणमा जानेलाई अब २०० डलरको मात्रै सटही सुविधा

प्रकाशित मिति :  20 July, 2022 4:16 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैकंको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलरमात्र सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।

जस अन्र्तरगत विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन् ।

यसअघि एक राहदानीवापत १ हजार ५ सय डलरसम्म सटही सुविधा थियो । चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झण्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !