१० मंसिर २०८१, सोमबार

काठमाडौं उपत्यकामा एक साताका लागि फोहर नउठ्ने

प्रकाशित मिति :  21 July, 2022 8:05 am


काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि फोहर नउठ्ने भएको छ । महानगरले एक सुचना जारी गरी कम्तिमा एक साता फोहर नउठ्ने जानकारी दिएको छ ।

बन्चरेडाँडामा स्यानीटरी ल्याण्डफिट साइड जाने सिसडोल स्थित भ्याली – १को सडक निर्माण कार्य सुचारु गर्न फोहरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाई उत्पन्न् हुने भएकाले एक साताका लागि फोहर उठाउन नसकिले महानगरले जनाएको छ ।

सो अवधिमा आ आफ्नो घर, पसल र व्यवसायबाट उप्तन्न् हुने फोहरलाई कुहिने र नकुहिने गरी घरमै व्यवस्थापन गर्नका लागि आग्रह गरेको छ । फोहरलाई सडक, चोक र सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !