१० मंसिर २०८१, सोमबार

दुई प्रदेशमा भारी बर्षाको सम्भावना

प्रकाशित मिति :  21 July, 2022 8:54 am


काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशको पहाडी भू भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम र प्रदेश १ का एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !