१० मंसिर २०८१, सोमबार

सार्वजनिक बिदाको दिन सरकारी सवारी चलाउन कडाई

प्रकाशित मिति :  21 July, 2022 1:15 pm


काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिन झण्डावाला सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी बाहेकका सरकारी सवारी साधन बिदाको दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्थामा कडाई गरेकाे छ ।

मन्त्रालयले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै सबैतिरबाट विरोध हुन थाले पछि अत्यावश्यक सवारी बाहेकाका अन्य सरकारी सवारी साधन सार्वजनिक बिदाको दिन चलाउन अनिवार्य पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्न निर्देशन दिएकाे हाे ।

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समुहको नाममा सवारी साधन रोक्ने चाबी खोस्ने जस्ता कार्य भइरहेको हुँदा अत्यावश्यक सवारीलाई पास बिना चल्न पाउने भन्दै आवश्यक व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यलयलाइर् पत्रचार गरेको छ ।

पत्रमा भनिएको छ । “उपर्युक्त विषयमा विगत केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समुहको नाममा सरकारी सवारी साभन रोक्ने, चावी खोस्ने लगायतका गतिविधी भइरहेको हुँदा झण्डावाला सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनलाइर् सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सोबारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदाको दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्न गराउनु हुन यस मन्त्रालय सचिवस्तर को मिति २०७९ / ०४ /०४ को निर्णयानुसार अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !