४ आश्विन २०८१, शुक्रबार

कृषिमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट: रासायनिक मल र नश्ल सुधारका विषयमा छलफल

प्रकाशित मिति :  21 July, 2022 6:29 pm


काठमााडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा सरकारी तवर (जीटूजी) बाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र ऊखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !