गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दाबी भुक्तानी
प्रकाशित मिति : 22 July, 2022 8:03 am
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विपिन कुमार लालले २६ लाख रकम दाबी भुक्तानी उपलब्ध गराएका हुन्।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ०१ बस्ने शेष अनसारुल हक र तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. २ बस्ने हेमराज लिम्बुको मृत्यु दाबी वापतको १३÷१३ लाख रुपैया इच्छाइएको व्यक्तिलाई उपलब्ध गराइएको हो ।
हकको दाबी भुक्तानी उनकी श्रीमती समसा खातुन लाई र लिम्बुको दाबी भुक्तानी उनकी श्रीमती कौशिला लिम्बुलाई चेकबाट गराइएको हो ।