मौद्रिक नीति सार्वजनिक हुनेदिन नेप्सेमा गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ५.४० अंकले घटेर ३८६.२४ अंकमा झरेको छ ।
नेप्सेमा शुक्रबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।
आज नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।
आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ८.४१ प्रतिशतले बढेको छ ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयरमूल्य ५.७९ प्रतिशतले घटेर २ सय २६ रूपैयाँ १० पैसामा झरेको छ ।
नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुने दिन नै बजार दोहोरो अंकले घटेको हो ।
कूल २१२ वटा कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर किनबोच हुँदा एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसपटकको मौद्रिक नीतिले सेयबजारलाई केही सम्बोधन गर्छकी भन्ने पूर्ण अपेक्षाका साथ कुरिरहेको लगानीकर्ताहरुले बताएका छन् ।