९ मंसिर २०८१, आइतबार

ठूला दलका नेताहरुलाई देशको भन्दा गठबन्धको चिन्ता रहेको छ : सचिव अर्याल

प्रकाशित मिति :  24 July, 2022 12:59 pm


स्याङ्जा । देशमा ठूला दलका नेताहरुलाई गठबन्धनको चिन्ता रहेको र गठबन्धनको चिन्ताले मुलुक र जनताको जीवनलाई ध्वस्त पारेको नेकपा एमालेकी सचिव पद्मा अर्यालले बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हुन् ।

पुष्पलाले रोपेको फूल अहिले देशैभरि फैलीएको छ र ६ जनाले स्थापना गरेको पार्टीमा अहिले लाखौं लाखको हातमा कम्युनिष्ट पार्टीको झण्डा पुगेको उनले बताइन् ।

उनले भनिन्, “देश श्रीलंकाको दिशामा जाँदैछ । तर, गठबन्धनलाई सत्ता र सरकारको मात्रै चिन्ता छ ।’ गठबन्धन धर्तीमा घाम र जुन रहे सम्म सत्तामा आफू मात्रै रहन खोजेको छ ।’’

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार र सिद्धान्तहरुको सान्दर्भिकता झनै बढेर गएको र मुलुक पुष्लालको विचारमा अगाडी बढेको अर्यालको भनाइ छ ।

गल्याङ्मा आयोजित रक्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष किसान श्रेष्ठले जानकारी दिए । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृतिमा हरेक वर्ष राष्ट्रिय युवा संघ नेपालले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !