कुमारी जबको “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालनमा
काठमाडौँ । कुमारी जबले आजबाट १२ दिनको लागि दक्ष प्रशिक्षकहरुबाट“फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गरेको छ । तालिममा पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्यबाट प्रशिक्षक दिने भएको छ ।
उक्त तालिममा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भने, “अहिले काठमाडौँ लगायत बिराटनगर,पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवम् ्शाखा विस्तार गर्ने काम भइरहेको छ । ती संस्थाहरुमा योग्य र तालिम प्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै हामीले “फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ ।’’
रिसेप्सनिस्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरी लगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिमको उपयोग हुने कुमारी जबले जानकारी दिएको छ ।