४ आश्विन २०८१, शुक्रबार

भीरकोट नगरपालिकामा फ्री वाईफाई जोन बढाउने कार्य तीव्र गतिमा

प्रकाशित मिति :  25 July, 2022 12:01 pm


स्याङ्जा । स्याङ्जा भीरकोट नगरपालिमा ९ वटा वडाको ३ ठाउँ हुने गरी २७ स्थानमा फ्री वाईफाई जोन बनाउने निर्णय अघि बढेको छ । निर्वतमान नगरप्रमुख छायाराम खनालको कार्यकालमा ९ वटा वडा र एक नगरपालिकाको परिसर गरेर १० ठाउँमा फ्री वाईफाई जोन बनाएका थिए । कोरोनाको महामारीको बेलामा विद्यार्थीलाई पठनपाठन गर्न केहि सहज होस् भन्रे हेतुका साथ उक्त कार्य सुरु गरेको निर्वतमान नगरप्रमुख छायाराम खनालले बताए ।

कार्यपालिकाको ८७ औं बैठकले नगरपालिकाभित्र क्षेत्रमा हाल सञ्चालनमा रहेका फ्रि वाईफाई जोनको अवस्था अध्ययन गरी प्रत्येक वडाको ३ ठाउँ हुने गरी २७ स्थानमा फ्रि वाईफाई जोन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले जानकारी दिए ।

९ वडाका यि स्थानमा जडान भयो फ्री वाईफाई

भीरकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय परिसर, वडा नम्बर १ अन्तर्गत रहेको बाल सिकाइ केन्द्र तथा जनकल्याण युवा क्लबको भवन, जगतपुर दरबार, वडा नम्बर २ स्थित दहथुम प्रहरी चौकी, सामुदायिक भवन ९सपौदे०, साविकको कृषि सेवा केन्द्र, ब्याडमिन्टन कोर्ट, आँधीखोला सिटि हल परिसर, वडा नम्बर ३ स्थित बानेथोक स्वास्थ्य चौकी, वडा कार्यालय, सहिद शुक्र मा।वि, वडा नम्बर ४ स्थित वडा कार्यालय भवन परिसर, वडा नम्बर ५ स्थित वडा कार्यालय, शहरी स्वास्थ्य इकाई आसपासको क्षेत्र, वडा नम्बर ६ सिमलचौर स्थित सामुदायिक भवन र आसपासको क्षेत्रमा, वडा नम्बर ७ स्थित श्री ओमकारेश्वर शिव मन्दिर र आसपासको क्षेत्रमा, वडा नम्बर ८ ढापुक स्थित वडा कार्यालय, ढापुक स्वास्थ्य चौकी आसपासको क्षेत्रमा, वडा नम्बर ९ स्थित वडा कार्यालय, कालिकाकोट स्वास्थ्य चौकी, सिर्कोट बजार आसपासको क्षेत्रमा फ्री वाईफाई जडान भएको थियो ।

त्यस्तै भीरकोट नगरप्रवक्ता दिपेन्द्र केसीका अनुसार फ्री वाईफाई जोनका लागि सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स प्रा। लि संग ५ वर्ष सम्मको सम्झौता गरेको बताए । उनले भने, “हरेक वाइफाई जोनबाट एक पटकमा अधिकतम ६० जनाले न्युनतम ७ एमबिपिएस गतिको वाईफाई सुविधा प्रयोग गर्न सक्नेछन् । फ्री वाइफाई जोन सेटअपका लागि इन्टरनेट सेवा शुल्क वापत प्रति साइट ५ वर्ष सम्मको १५ हजार रुपैयाँका दरले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडसँग सम्झौता भएको छ । ’’



प्रतिक्रिया दिनुहोस !