राधी हाइड्रोले हकप्रद निष्काशन गर्न अनुमति पायो
प्रकाशित मिति : 25 July, 2022 5:30 pm
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज साउन ९ गते हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले १ः१.४७ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६ हजार ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
विद्युत नियमन आयोगले बैशाख १९ गते कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।