१० मंसिर २०८१, सोमबार

नेप्सेमा आज ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचिकृत

प्रकाशित मिति :  27 July, 2022 1:34 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ३५ अर्बको ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको विभिन्न ३ वटा विकास ऋणपत्र सूचिकृत भएको हो ।

जसमध्ये, २०८४ ुछु नामको १५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र , २०८४ ज नामको १५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र र २०८५ च नामको ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र गरी कुल ३५ अर्बको विकास ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।



प्रतिक्रिया दिनुहोस !