१० मंसिर २०८१, सोमबार

एक वर्षमा कुश्मा नगरपालिकाको खाजा खर्च ५७ लाख ४० हजार

प्रकाशित मिति :  27 July, 2022 2:17 pm


काठमाडौं । कुश्मा नगरपालिकाको एक वर्षको खाजा खाना खर्च ५७ लाख ४० हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा नगरपालिकाले विविध शिर्षक राखेर खानाखाजा वापत ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको हो ।
स्थानीय सरकार संचालन एन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधीभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । तर, नगरपालिकाले भने यस वर्ष नगरपालिका, वडाकार्यालय, तथा स्वास्थ्य संस्था समेतमा विविधतर्फ उक्त रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले बैठक तथा अन्य क्रियाकलाप संचालन गर्दा विविध खर्च लेख्दा उपस्थिति संख्या, कार्यक्रमको पुष्ट्याई लगायतका विवरण तथा बैंठक तथा कार्यक्रम संचालनको लागि लागत अनुमान तयार गरी खर्च लेख्नुपर्ने व्यवस्था छ । यसरी खर्च लेख्दा वास्तविक रुपमा खर्च भएको हो कि होइन यकिन गर्न नसकिएकोले यस्तो खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !