भीरकोटका घरघरमै भत्ता लिएर पुगे जनप्रतिनिधि
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै पुगेर वृद्धा भत्ता वितरण अभियान सुरु गरेको छ । नगरप्रमुख गोविन्द कर्मचार्यले वडा नम्बर ७ बाट वृद्धा भत्ता वितरण कार्य शुभरम्भ गरेका हुन् । नगर बोर्डबाट पास गरेर आफ्नो वडाबाट भत्ता वितरण कार्य शुरु गरेको वडा नम्बर ७ का वडा अध्यक्ष तारा प्रसाद अर्यालले बताए ।
उक्त कार्यले आफूहरु खुशी भएको भीरकोट ७ का स्थानीय सोबित बहादुर रोका बताउँछन् । उनले भने, “बिहानै खान खाएर यो बर्खाको बेलामा बैँक धाउन पर्ने थियो । नयाँ जनप्रतिनिधि आएपछि बैंकमा गएर लाईनमा बस्रु पर्ने अवस्थाको अन्त्य भएको महसुस भएको छ ।’’ घरदैलोमा भत्ता पाउने व्यवस्था मिलाईदिएकोमा बृद्धहरु खुशी देखिन्छन् । अहिले नयाँ आएका जनप्रतिनिधिले बृद्धहरुको घरमै भत्ता बुझ्न पाउने आशा पुरा गरिदिएका छन् ।
नगरप्रमुख गोविन्द कर्मचार्यका अनुसार नगरपालिकाले मेगा बैकसगँ सहकार्य गरेर पहिलो पटक गाउँमै पुगेर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको बताएका छन् । सबै वडामा पुगेर हरेक तीत तीन महिनामा सामाजिक सुरक्षा भत्ता बाड्ने योजना बनाएका छौं । कर्माचार्यले भने,‘“अबको तीन महिना पछि सबैलाई टोलमै पुगेर भत्ता बितरण गर्नेछौं ।’’ पालिकामा पहिलो पटक आफु जनप्रतिनिधी भएपछि सामाजिक सुरक्षाभत्ता गाउँमा पुगेर बितरण गर्नुपर्छ भन्ने उदेश्य अनुरुप बैंक सगँ समन्वय गरेर घरदैलोमा पुगेको उनले बताए ।