काठमाडौंको फोहर एक सातापछि उठ्न थाल्यो
प्रकाशित मिति : 28 July, 2022 9:20 am
काठमाडौं । काठमाडौं महानगरले आजदेखि फोहर उठाउन शुरु गरेको छ । बुधबार जनशक्ति थप गरी स्थानिटरी ल्याण्डफिड साइड जाने सडक निर्माणको काम सकिएपछि आजदेखि फोहर संकलन कार्य सुचारु गरिएको हो ।
सिसडोल- १ मा सडक बनाउन सवारी आवतजावतका कारणले कठिनाई भएपछि सहरी विकाश तथा भवन निर्माण विभागले साउन ३ गते महानगरलाई पत्र पठाएको थियो ।
विभागको पत्रको विषयमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले एक साताका लागि स्थानिटरी ल्याण्डफिड साइड जाने सडकबाट फोहर ढुवानी कार्य रोक्ने निर्यण गरेको थियो ।
महानगरले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै एक साता घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न घरमै व्यवस्थापन गर्न अपिल गरेको थियो ।