११ मंसिर २०८१, मंगलबार

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवनमा जडान भएको लिफ्टमा अनियमितता

प्रकाशित मिति :  28 July, 2022 6:17 pm



काठमाडौं । बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवनमा जडान भएको लिफ्टमा अनियमितता देखिएको छ ।

६०० के.जी. क्षमताको ठेक्का पारेर ५४४ केजी क्षमताको मात्रै लिफ्ट जडान गएको भेटिएको हो । महालेखापरीक्षक वार्षिक प्रतिवेदन-२०७९ ले ताेकिए भन्दा कम क्षमताको लिफ्ट जडान भएको देखिएको भन्दै जडान ठेक्दार कम्पनीलाई तोकिएको क्षमताको राख्न वा ४८ लाख रुपैयाँ असुल गर्न भनेको छ ।

भवन निर्माणका लागि विकोइ शिवा शक्ति बन्दन भगवती जेभीसँग २०७८ असार ५ गते सक्ने गरी २०७५ असार ६ गते रु.४४ करोड ५५ लाख ७४ हजार ८ सय ४६ रुपैयाँको सम्झौता भएको थियो ।

निर्माण कम्पनीलाई २०७८ असार मसान्तसम्म १२ औं रनिङ् बि भुक्तानी समेत गर्दा ४२ करोड ३ लाख ९२ हजार ७ सय ३८ रुपैयाँ भुक्तानी भइसकेकाे छ । समय सकिदा समेत भवन निर्माण नसकिएको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !