१० वर्षसम्म राजश्व नबुझाई संचालनमा कुश्माको यान्त्रिक पुल
काठमाडौं । कुश्मा नगरपालिका क्षेत्र भित्र पर्ने कुश्मा बलेवा जोड्ने यान्त्रिक पुल संचालन भएको १० वर्ष सम्म राजश्व नतिरेको महालेखाले जनाएको छ ।
महालेखाको ५९ औं प्रतिवेदन अनुसार यान्त्रिक पुलबाट यात्रु ओसारपोसार गर्दा शुल्क लिने गरेको भएपनि हालसम्म कर राजश्व बुझाएको छैन ।
२०६८ सालमा निर्माण सम्पन्न भएपछि संचालन हुँदै आएको उक्त यान्त्रिक पुलमा कुश्मादेखि बलेवा वार पार गर्दा यात्रुसँग शुल्क लिने गरेको भएता पनि हालसम्म सरकारलाई एक रुपैयाँ पनि राजश्व बझाएको कहिँ कतै भेटिएको छैन ।
पालिकाले कर कुन निकायममा कहिले बुझाएको भनि लेखापरिक्षणको क्रममा पत्र पठाउँदा पत्रको प्रतिक्रिया समेत नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यान्त्रिक पुलको व्यवसाय नविकरण भए वा नभएको तथा सम्बन्धित सरकारलाई कानुन बमोजिम शुल्क संकलन बापत राजश्व बुझाउनुपर्ने हुन्छ अन्यथा छानविन गरी नियमअनुसार लाग्ने कर संकलन गर्न महालेखाले सुझाएको छ ।