९ मंसिर २०८१, आइतबार

बिल भरपाई बिना भीरकोट नगरपालिकाले गर्यो २९ लाख भुक्तानी

प्रकाशित मिति :  29 July, 2022 1:45 pm


स्याङ्जा । भीरकोट नगरपालिकाले बालमैत्री अभियान कार्यक्रम संचालन गर्दा बिल भरपाई बिना झण्डै २९ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार पालिकाले बालबालिकाको हक हितको संरक्षण तथा सम्वर्धन गर्ने उदेश्यबाट बालमैत्री अभियान कार्यक्रम संचालन गर्दा बील भरपाई विना उक्त रकम खर्च गरेको हो ।

महालेखाले बिल भरपाईको परीक्षण गर्दा निम्न पानी तथा अन्य २४ हजार रुपियाँ, होटलमा खाना खाजा ५ लाख ६२ हजार ८५५ रुपियाँ, पत्रकार तथा साउण्ड सिस्टम १ लाख ६४ हजार ६५५ रुपियाँ, स्टेशनरी १ लाख ११ हजार ५०२ रुपियाँ, छपाई १२ लाख ६६ हजार ४४४ रुपियाँ, प्रशिक्षण अनुगमन १ लाख ७१ हजार २४० रुपियाँ, गाडीभाडा ४ लाख ६८ हजार ३० रुपियाँ, र अन्य खर्च भनि १ लाख ११ हजार ८१० रुपियाँ गरि जम्मा २८ लाख ८० हजार ५३६ रुपियाँ उक्त शिर्षकमा कूल २८ लाख ८० हजार ५३६ भएकोमा कार्यक्रमको लागि पेश्की लिई फछयौट गर्ने शिक्षा अधिकृत नविन थापाले २९ लाख भुक्तानी लिएको पाइएको छ ।

खर्चका बिल भरपाई गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदागित्व नियमावली, २०७७ को नियम ३९ (५०) मा सरकारी रकम खर्च गर्दा विल, भरपाई, प्रमाण कागजात, संलग्र उल्लेख गर्नुपर्छ ।

त्यसैले बिल भन्दा बढी भुक्तानी दिएको १९ हजार ६६१ भुक्तानी लिनेबाट असूल गर्न र संचित कोषमा दाखिला गर्नपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !