भीरकोट नगरपालिकाको एक वर्षमा खाजा खर्च १८ लाख
प्रकाशित मिति : 29 July, 2022 5:11 pm
स्याङ्जा । भीरकोट नगरपालिकाले एक वर्षमा खाना खर्चमा १८ लाख १८ हजार खर्च गरेको छ । महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/ २०७८ मा नगरपालिकाले खाना तथा विविध शिर्षक राखेर १८ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो ।
नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्यायित कायम सम्बन्धी मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, पानी, बिजली, इन्धन, विविध खर्च लगाएतका शिर्षकमा खर्च गर्दा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । तर पालिकाले खाजा खर्चमात्र १८ लाख १८ हजार रुपियाँ खर्च गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ ।
नगरपालिकाले यस्तो शिर्षकमा खर्च नियन्त्रण गर्नपर्ने महालेखाले जनाएको छ ।