शाओमीको रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ ।
ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।’’
रेड्मी १०एको ठूलो ६।५३’’ एचडी डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको ३ डि कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।
यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।
रेड्मी १०ए मा पावर अपको लागि मिडियाटेक हेलियो जि २५ प्रोसेसर जडित छ जुन २.० जि एच ज्यट सम्मको क्षमता रहेको अक्टा–कोर सिपियू हो । यसमा लामो समयसम्म चल्ने ५००० एमइएच ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन १०डब्लु को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।
रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २ जीबी ३२ जीबी र ३जीबी६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ । जसको मूल्य क्रमशः रु। १३,९९९ र रु। १५,९९९ रहेको छ । रेड्मी १०ए १३ श्रावनदेखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।