४ आश्विन २०८१, शुक्रबार

हिताचीको नयाँ उत्पादन नेपाली बजारमा ल्याउने घोषणा

प्रकाशित मिति :  29 July, 2022 6:52 pm


काठमाडौं । हिताचीले नेपाली बजारमा आप्mनो नयाँ उत्पादनहरु सार्वजनिक गर्ने भएको छ । हिताचीले नेपाली बजारमा उपलब्ध हुने चार वटा उत्पादनको घोषणा गरेको छ । माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजेरेटर र कर्डलेस स्टिक भ्याकुम क्लिनर नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक बिक्रेता हो ।

फ्रन्ट लोड वाशिङ मेसिनले फ्रन्ट लोडिङ बासर ड्रायर इन्भर्टर विन्ड आइरन ए.आई वास र अटो डोजिट सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कर्डलेस स्टिक भ्याक्युम क्लिनर सजिलो, छिटो र कुशल तरिकाले भुईदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट हुने छ ।

हिताची माइक्रोवेभ ओभन ले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ। यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको कम्पनीले उल्लेख गरेको छ ।

हिताची फ्रेन्च बटम रेफ्रिजरेटर नविनतम टेक्नोलोजी, ठण्डा कूलर विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो लक्जरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्ने कम्पनीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !