पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
प्रकाशित मिति : 1 August, 2022 8:32 am
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाएपछि दुईतर्फी सडक सुचारु भएको छ ।
भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको हो ।
दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइपछि सडक दुइतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।
लगातार बर्षा भएकाले सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।