१० मंसिर २०८१, सोमबार

अरनिको राजमार्ग भासिएपछि तातोपानी हुँदै चीन जाने बाटो बन्द

प्रकाशित मिति :  1 August, 2022 10:31 am


काठमाडौं । लगाताको वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।

सडक भासिएपछि तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !