१० मंसिर २०८१, सोमबार

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

प्रकाशित मिति :  1 August, 2022 12:38 pm


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ।

आईतबार अपरान्ह्र ४ बजे सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले कार्यकक्षमा तोडफोड गरेका हुन्।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित बचतकर्ता साम्पाङको कार्यकक्षमा पुगेका थिए । पिडितहरुले आफ्नो माग राख्दै गर्दा साम्पाङले “मलाई सोधेर पैसा राख्न दिएको हो” भनी साम्पाङले भनेपछि तोडफोडको अवस्था सिर्जना भएको स्थानियले बताए ।

सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाको भिडियो राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

भिडियोमा उनले लेखेका छन् “पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ । अब यसरी पिडितले न्याय पाउँलान् त ?



प्रतिक्रिया दिनुहोस !